सिरोहिया पक्राउ शक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार : महतो
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई राज्यशक्तिको दुरुपयोग गरेर पक्राउ गरिएको पूर्वमन्त्री राजेन्द्र महतोले बताएका छन् । राष्ट्रिय मुक्ति क्रान्तिका तर्फबाट विज्ञप्ति जारी गर्दै महतोले कान्तिपुर दैनिकले गरिरहेको समाचार सम्प्रेषणमाथि राज्यले गैरजिम्मेवार व्यवहार देखाएको उल्लेख गरेका छन् ।